काठमाडौ कार्तिक १ गते । रातो तारा डट कम,
उद्योग संगठन मोरंगको आयोजनामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका साथ विद्युत समस्या र समाधानका उपायका सम्वन्धमा यस क्षेत्रका उद्योगी÷व्यवसायीको छलफल कार्यक्रम आज मिति २०७६ कार्तिक १ गते संगठनको सचिवालयमा सम्पन्न भयो ।
छलफलमा संगठनका अध्यक्ष्ँ भीम घिमिरेले कार्यकारी निर्देशक कुलमान घिसि¨को स्वागत गर्दै लोडसेडिङगको समस्या समाधान भएपनि वारम्वारको ट्रिपि¨, लो भोल्टेज लगायतको समस्या समाधान नभएकोले उद्योगी÷व्यवसायीले ठुलो आर्थिक नोक्सानी व्यर्होनु परिरहेको जानकारी गराउनु भयो । उहा“ले ट्रिपि¨का कारण उद्योगको उत्पादनमा ह्रास, कच्चा पदार्थ खेर जाने समस्या, मील मेसिनरी विग्रनु जस्ता कारणले उद्योग÷व्यवसायीलाई थप आर्थिक भार वहन गर्नु परिरहेको वताउनु भयो ।
अध्यक्ष घिमिरेले यस क्षेत्रको विद्युतको समस्या समाधानका लागी नेपाल विद्युत प्राधिकरण गम्भीर हुनुपर्ने, कटैया–मुज्जफरपुरबाट प्राप्त विद्युत प्रदेश १ लाई वितरण गर्न कार्यकारी निर्देशक समक्ष अनुरोध गर्नु भयो । उहा“ले उद्योगी÷व्यवसायीले लगायत सर्वसाधारणले भोग्दै आएका समस्या समाधानमा नेपाल विद्युत प्राधिकरणले पु¥याएको सहयोगको उच्च प्रशंसा गर्दै अगामि दिनमा विद्युतको गुणस्तर सुधार्न थप सक्रियका साथ लाग्न अनुरोध गर्नु भयो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसि¨ले प्रदेश नं. १ का लागी ट्रान्समिशन लाइन वन्ने क्रममा रहेकाले आगामी १ देखी २ वर्ष भित्र प्रदेश नं. १ का प्रशस्त मात्रामा विद्युत उपलब्ध हुने भएकाले आगामी वर्षहरुमा विद्युतको समस्या नहुने वताउनु भयो । उहा“ले ३ वर्ष अघि र हालको समस्या फरक रहेकाले प्राधिकरण आन्तरिक सुधारका कार्यक्रम जारी राखेको वताउनु भयो । विद्युत प्राधिकरणले सिस्टमलाई विश्वसनीय र गुणस्तरीय सुधार गर्नू चुनौतीका रुपमा रहेतापनी त्यस तर्फ आफुहरु कटिवद्ध रहेको वताउनु भयो ।
कार्यकारी निर्देशक कुलमान घिसि¨ले लोड र सप्लाई वीच सामान्यजस्यता नभएकाले ट्रिपि¨, लो भोल्टेज लगायतको समस्या आउने गरेको भएतापनि सुधारका लागी योजना अनुसार कार्य भई रहेको वताउनु भयो । उहाले नेपाल विद्युत प्राधिकरणको ग्रिडमा विद्युत थप हुने क्रम जारी रहेकाले प्राविधिक समस्याहरु सुधार हुदै जानेमा विश्वस्त हुन उद्योगी÷व्यवसायीलाई अनुरोध गर्नुभयो ।
संगठनका वरिष्ठ उपाध्यक्ष्ँ सुयष प्याकुरेलले नेपाल विद्युत प्राधिकरणको आगामी पांच वर्षे योजना के रहेको, विद्युत उत्पादन वढ्दै गएपछि महशुल घटाउने योजना के कस्ता रहेको विषयमा प्राधिकरणले प्रष्ट पार्न सकेमा उद्योग÷व्यवसाय स्थापनाको सम्भावना थप वढने विचार राख्नु भयो ।
संगठनका उपाध्यक्ष राजकुमार गोल्छा, राकेश सुरानाले नेपाल विद्युत प्राधिकरणले उद्योगी÷व्यवसायीलाई ग्राहकका रुपमा लिई कसरी उत्कृष्ट सेवा प्रदान गर्न सकिन्छ त्यसतर्फ कार्य सुधार गर्दै जान अनुरोध गर्नु भयो ।
मोरंग व्यापार संघका कार्यवाहक अध्यक्ष्ँ नविन रिजालले लोडसेडिङ न्यूनिकरण भएतापनि अन्य प्राविधिक समस्याहरु समाधान तर्फ समेत गम्भीर हुन प्राधिकरणका कार्यकारी निर्देशक समक्ष्ँ अनुरोध गर्दै विराटनगर क्ष्ँेत्रको ट्रिपिङको समस्या समाधान गर्न अनुरोध गर्नु भयो ।
कार्यक्रममा उद्योग संगठन मोरंगका पूर्व अध्यक्ष्ँ सुशिल धनावत, अशोक मुरारका, शिवशंकर अग्रवाल मोरंग व्यापार संघका निवर्तमान अध्यक्ष्ँ पवन शारडा, दुवै संस्थाका कार्यकारिणी समिति सदस्यहरु, नेपाल विद्युत प्राधिकरणका प्रदेश नं १ का निर्देशक रामराज पाण्डे, प्राधिकरणका यस क्षेेेेत्रका शाखा प्रमृुखहरु, उद्योगी÷व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
Post a Comment