बिराटनगर कार्तिक १ गते । रातो तारा डट कम, अन्दाजी १२स्०० बजेको समयमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। १५ स्थित जोगबनी बसपार्क नजिकै भारत बाट नेपाल तर्फ अबैध रूपमा भन्सार छलि यात्रु बाहक बसमा बेबारीसे अबस्थामा ल्याउदै गरेको बिभिन्न ब्राण्डको अन्दाजी मुल्य रू ५० हजार बराबरको सामान, ऐ २३स्०० बजेको समयमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। १२ स्थित भित्री सडक खण्डमा भारतबाट भन्सार छलि गरी साईकलमा ल्याउदै गरेको अन्दाजी मुल्य रू २० हजार बराबरको कपडा र ऐ। २०७६।०७।०१ गते अन्दाजी ०८स्०० बजेको समयमा जिल्ला मोरङ विराटनगर १० शान्ति चोकमा अवैध रूपमा भन्सार छलि ल्याएको अन्दाजी ३४ हजार ५ सय बराबरको लत्ताकपडा विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको ।
Post a Comment