Websoft University

आमा छोरी हत्या काण्डमा संलग्न एक जना अभियुक्त पक्राउ

श्याम राई गाइघाट उदयपुर असोज ३० गते । रातो तारा डट कम,त्रियुगा नगरपालिकाको चौकीबारीमा ६ दिन अघि भएको आमा छोरी हत्या काण्डमा संलग्न एक जना अभियुक्त पक्राउ परेको छन् । सिराहाको लहान नगरपालिका २ मटे?वा घर भै त्रियुगा नगरपालिका ३ मोतीगडा स्थीत सूर्य गिरीको घरमा कोठा भाडामा लिइ मिठाई पसल संचालन गर्दै आएका ४० वर्षिय रामहरी शाहलेआमाछोरीको हत्या गरेको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा विहीबार दिउसो पत्रकार सम्मेलन गरी उक्त हत्या काण्डमा संलग्न साह लाई सार्वजनिक गरीएको हो । गत असोज २४ गते राती त्रियुगानगर पालिका ९ चौकीबारी स्थीत सिताराम चौधरीको श्रीमति २८ वर्षिय गोमा भन्ने शारदा र ६ वर्षिय छोरी रचनाको धारीलो हतियारले घाटी रेटी हत्या भएको थियो ।

मृतक गोमा र हत्यारा शाह बीच २०७३ साल देखी फेसबुक मार्फत चिनजान भएको थियो । उनीहरुको बीचको सम्बन्ध बारे शाहको श्रीमतीले थाहा पाएपछी उनलाइ घर बाट निकालीएको थियो । त्यसपछि उनी मोतीगडा (उदयपुर) बस्दै आक्एो थिए । उनीह? दुवै बीच अवैध सम्बन्ध पनि भएको रहेछ । 

शाहले पटक,पटक विवह गर्ने प्रस्ताव राख्दा मृतकले अस्वीकार गरेको एसपि मगरले बताए । घरवा निकालीए पछि विवाह गर्नकै लागि उनी गाईघाट आएका रहेछन् । उनले भने । विवाह गर्न नमानेपछि शाहले गोमा को हत्या गरेको बयानमा उल्लेख गरेको छन् । दशै अघिनै चौधरीलाई मार्ने योजना बनाएको रहेछ । तर अनुकुल समय नभएको कारण दशैको बीचमा कूनै पनी बेला मार्ने योजना बनाएको शाहको भनाइ उदृत्त गर्दै एसपि मगरले भने ।

हत्याको दिन उनी चौधरीको घरमा वेलुकी ५ बजे पुगेका थिए । त्यही दिन मृतकको श्रीमानले मलेसीयाबाट पैसा पठाएका थिए । हत्याको कारण विवाह गर्ननमान्दा भएको एसपी मगरले बताए । प्रहरीले घटना लगत्तै मृतकको घरमा निरन्तर जाने गरेका शाह सहित मोहनदेव चौधरी र विवेक चौधरी नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो प्रहरी अनुसन्धान बाट शाहकै संलग्नता पुष्टी भएकोक जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीर बहादुर बुढा मगरले बताए । 

शाहको कोठाबाट मृतकको सुनको बेरुवा सरङ्ग २ थान, पानको पात को लकेट (मंगलसुत्र) समेत बरामद गरीएको एसपी मगरले भने । ‘शाहले साझ ७बजे हत्या गरेको रहेछ । ’ एसपि मगरले भने । सललेबाधेर भ¥याङ्ग मुनी ल्याएर पालैपालो घाटी रेटेर हत्या गरेको उनले् बताए । हत्या पछि शाहले मृतकको सुनको गहना सवै लिएर भागेका रहेछन् । ‘हामीले मृतकको घरमा आवत जावत गर्ने माथी केन्द्रीत भएर अनुसन्धान गरेका थियौँ ।

उक्त घरमा उनीह? (तीन जना) नियमीत जसो जाने गरेको स्थानीय बाट खुल्न आएपछि उनीरु माथी अनुसन्धान थालेको एसपि मगरले बताए । अन्तन हामीले हत्या काण्डको अभियूक्त समात्न सफल भयौँ .उनले भने । पहिले त शाहले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका थिएनन् । तर दसी प्रमाण सहित बरामद गरेपछि उनले हत्य गरेको स्वीकार गरेका हुन् । उनले भने ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.