काठमाण्डौ असोज ३० गते । रातो तारा डट कम,क्वाट क्विन्स काठमाडौंले महिलाको फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा पहिलो जित निकालेको छ । आज भएको पहिलो खेलमा पोखरा पल्टनलाई ८२ रनले पराजित गर्दै काठमाडौंले पहिलो जित निकालेको हो ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको १ सय ५३ रनको फराकिलो लक्ष्य पछ्याएको पोखरा १६ ओभर ५ बलमा अलआउट हुँदै ७० रनमा समेटियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । जितसँगै काठमाडौंले २ खेलमा २ अङ्क जोडेको
छ ।
पहिलो खेलमा काठमाडौं चितवनसँग ५ विकेटले पराजित भएको थियो । पोखराको यो पहिलो खेलमा पहिलो हार हो । यस्तै आजै भएको अर्को खेलमा विराटनगर टाईटन्स विजयी भएको छ । ललितपुर फाल्कोन्सलाई ४ विकेटले पराजित गर्दै विराटनगरले विजयी सुरुवात गरेको हो ।
ललितपुरले दिएको १ सय २३ रनको मध्यम लक्ष्य विराटनगरले १६ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।
Post a Comment