Websoft University

दक्षिण एसियाली नेटबल शुक्रबारदेखि


काठमाडौं असोज ३० गते । रातो तारा डट कम,पहिलो दक्षिण एसियाली यू–१६ नेटबल च्याम्पियनसिप शुक्रबारदेखि सुरु हुने भएको छ । च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने छ । च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने नेपाल नेटबल संघका अध्यक्ष मोहनबहादुर बस्नेतले जानकारी दिए ।

लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा कार्तिक ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागिता जनाउन पाँच वटै राष्ट्रका खेलाडी नेपाल आइसकेको बस्नेतले जानकारी दिए । उनले प्रतियोगिता सञ्चालनका लागि मलेसिया, भारत, श्रीलंका र पाकिस्तानका निर्णायक पनि आइसकेको बताए । 

महिला सशक्तिकरणका लागि आयोजना हुन लागेको च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा नभएको संघका महासचिव दीपक लामाले जानकारी दिए । च्याम्पियनसिपका लागि नेपालले विगत दुई महिनादेखि तयारी गरिरहेको पनि लामाले जानकारी दिए । 

कार्यक्रम सम्बन्धी जानकारी:-
शुक्रबारदेखि सुरु हुने पहिलो दक्षिण एसियाली यू–१६ नेटबल च्याम्पियनसिपको निम्न मिति, समय र स्थानमा हुने उद्घाटन समारोहमा उपस्थितिका लागि सम्पूर्ण सञ्चारकर्मीलाई हार्दिक अनुरोध गर्दछौं ।
मिति ः २०७६ कार्तिक १ गते शुक्रबार
स्थान ः सैनिक तालिम तथा शारीरिक केन्द्र, लगनखेल
समय ः अपरान्ह ः १ बजे  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.