Websoft University

नोबेल मिस्टर एन्ड मिस थारु आइकनले गर्यो सुन्दरहरैचामा थारु परिकारहरुको प्रदर्शनी,मेयरलाइ खुवाए बगिया।


शिव भट्टराई,मोरङ भाद्र २८ गते । रातो तारा डट कम, थारु कला केन्द्र द्वारा आयोजित नोबेल मिस्टर एन्ड मिस थारु आइकनको एउटा मुख्य भाग थारु खाना प्रदर्सन कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकालले थारु भाषामा १५ मिनेट लामो भाषन गरेर थारु कला केन्द्रलाइ सहजता दिलाउनुभएको थियो ।

त्यसैगरि कार्यक्रममा बोल्दै थारु समुदायमा परेका समस्या सम्पुर्ण समस्यामा नगर बाट सहयोग गर्न पछि नपर्ने र थारु जातिहरुका जातिगत संस्कृतिको जगेर्ना गर्नका निम्ति पनि सहयोग गर्न कुनै कन्जुस्याइँ नगर्ने कुरा समेत ब्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा  थारु खाना प्रदर्सनमा भक्का,बगिया, झुन्मा,छघुँगी,छसिद्रा आदि खानेकुराको प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा आउने अतिथिहरुलाइ उक्त थारु खाना चखाइएको समेत थियो । भाद्र २८ गते सुन्दरहरैचा को जेसिस भवनमा उक्त कार्यक्रम आयोजना भएको थियो । 

कार्यक्रम सुन्दरहरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकालको सभापतित्व तथा देब कृष्ण बिअह्वासको अध्यक्षतामा सन्चालन भएको हो । यसैगरी उक्त मिस्टर एन्ड मिस आइकन यहि असोज १७ गते हुने कुरा थारु कला केन्द्रका प्रबक्ता पुस्पे थारुले जानकारी दिनुभयो उक्त कार्यक्रमको अवसरमा थारु जातिको विशेष खाना प्रदर्शन समेत गरिएको थियो ।

उक्त कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा सुन्दरहरैचा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठ , नोबेल मेडिकल कलेजकी संचालिका इन्दिरा शर्मा बराल थारु कला केन्द्रका प्रमुख सल्लाहकार तथा सामाजिक अभियान्ता शुचि चौधरी लगायत अन्य थारु समुदायका ब्यक्तिहरुको आतिथ्यता रहेको थियो । 

नोबेल मेडिकल कलेजले थारु समाजलाइ बिशेष छुट र सहयोगका साथ स्वास्थ्य क्षेत्रमा बिशेष पहल गर्ने कुरा नोबेल मेडिकल कलेजकी संचालिका इन्दिरा शर्मा बरालले जनाउनुभयो । थारु समाजले अब शिक्षा स्वास्थ्य जस्ता क्षेत्रमा पनि नेतृत्व गर्न र परंरागत घुगी मारेर मात्र नबसी देश जनता र आफ्नो समुदायलाइ उच्छ स्तरमा पुर्याउन पनि थारु समाज अघि बढ्नुपर्ने कुरा समेत जानकारी गराउनु भयो । 

उक्त कार्यक्रम एलन गच्छदार ले चलाउनुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.