Websoft University

एक महिनापछि सिद्धिचरण लोकमार्ग खुल्यो–खांधन्न ढुहानी सुरु,त्यहाँको जनजीवन सामान्य हुदै,


बिराटनगर, साउन २६ गते । रातो तारा डट कम,सिद्धिचरण लोकमार्ग एक महिनापछि खुलेको छ । वर्षासँँगै आएको पहिरोका कारण असार २६ गतेबाट अवरुद्ध भएको सडक हिजोबाट सञ्चालनमा आएको छ । वेतेनी–घुर्मी खण्ड २५ किलोमिटर अन्तर्गत कटारी नगरपालिका– ११ ठाटीभन्ज्याङ र लप्सेको भीरसहित दर्जनभन्दा बढी स्थानमा पहिरोका कारण सडक एक महिनादेखि अवरुद्ध थियो । कटारी–घुर्मी सडक खण्डको ठाटिभञ्ज्याङ्गमा भएको अवरोध हटेसँगै सवारी सञ्चालन भएको सडक डिभिजन कार्यालय लहानका सुपरभाईजर कुमार प्याकुरेलले बताउनुभयो । ठाटिभञ्ज्याङमा पहिरोले सडकको बेस नै भत्काएकोले हाइट कटिङ गरेर बेस बनाएर अर्को सडक खनेर सडक सञ्चालनमा ल्याइएको प्याकुरेलको भनाइ छ । कटारी–घुर्मी सडक खण्ड अवरुद्ध खुलेसँगै प्रदेश नम्बर १ को माथिल्लो तीन जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङ्गमा खाद्यान्न, ईन्धनलगायत सामाग्रीहरु ढुवानी सुरु भएको ओखलढुंगा एफएमले समचारमा जनाएको छ ।  यी तीन जिल्लाका लागि आवश्यक खाद्यन्न, ईन्धन लगायतका सामग्रीहरु सिद्धिचरण लोकर्माग बाटै भित्रिने गर्दछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.