Websoft University

आदिवासी जनजातिको ऐतिहासिक चौथो जिल्ला अधिवेशन सम्पन्न


शिव भट्टराई सुनसरी बैशाख २० गते । मोरंगको गछियामा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् मोरंगद्वारा आयोजित आदिवासी जनजातिको ऐतिहासिक चौथो अधिवेशन सम्पन्न भएको छ।गछियास्थित सजिलाल माध्यमिक विद्यालयको खेल मैदानमा शुक्रवार आयोजना गरिएको यस कार्यक्रममा आदिवासी जनजाति महासंघ मोरंग जिल्लाका अध्यक्ष मिलन राइको अध्यक्षता रहेको थियो।

यस कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका महासचिव नित्यनन्द ताजपुरिया , विशिष्ट अतिथि नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं १ का संयोजक धुर्व सुब्बा लगायत अन्य अग्रजहरुले पहिचान झल्किने प्रदेशको नामकरण गर्नु पर्ने , राजधानी प्रदेश नं.१ को बिचमा हुनुपर्ने,सबै धर्म ,भाषा,कला , साहित्यलाई समान अवसर प्रदान गर्नुपर्ने त्यसैगरी राज्यको सबै स्थानीय निकायमा जातीय आधारमा समानुपातिक हुनुपर्ने माग राखेका थिए।उक्त कार्यक्रममा आदिवासी जनजातिले आआफ्नु पहिचान झल्किने , झांकी , लाखे  लगायत बिभिन्न नृत्य प्रदर्शन गरेका थिए।

सो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैचा नगर समन्वय समिति मोरंगका अध्यक्ष सुमन राईले व्यवस्थापन गरेका थिए भने नेपाल आदिवासी जनजाति महासंघका सचिव चरण गुरुङ्गले कार्यक्रम संचालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.