Websoft University

सिलाई कटाई,-गुडिया, कुसन तालिम सम्पन्न



शिव भट्टराई सुनसरी बैशाख १९ गते । रातो तारा डट कम,
महिलाहरुलाई लक्षित गरि स्थानीय तह तथा विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने सिप मुलुक तालिमका कारण व्यावसाय र रोजगारीमा महिलाहरुलाई बल मिल्न थालेकोछ।

 त्यसै क्रममा मोरगंको सुन्दरहरैचा  नगरपालिका वडा नम्बर ३ले महिला कार्यक्रम समन्वय उपभोक्ता समिति बनाएर वडाका ५४ जना महिलाहरुलाई ह्याण्ड व्याग , कुसन , सुर्केथैली र गुडिया वनाउने सिप मुलक तालिम प्रदान गरेकोछ।

कार्यक्रममा बोल्दै महिलाको क्षमता विकास गर्न ,महिलालाई रोजगार प्रदान गर्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिकाकी उपमेयर धना तामांग , सुन्दरहरैचा वार्ड नं.३का वार्ड अध्यक्ष जीवन ढुंगाना , सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष किशोर कार्की लगायतले बताउनु भयो।त्यसैगरी सिलाई कटाई एड्भान्स तथा गुडिया कुसन तालिम उपभोक्ता समितिकी अध्यक्ष कल्पना घिमिरेले शुभकामना मन्तव्य दिनुभएको थियो।

वडा कार्यालयले सञ्चालनमा ल्याएको तालिमबाट सिप सिकेर महिलाहरु आत्मनिर्भर बन्न सफल भएको तालिममा सहभागीहरुले बताएका छन् । सिप मुलक तालिम प्रदान गरेर महिलाहरुलाई आयआर्जनमा सहयोग पुर्याउने उद्धेश्यले तालिम सञ्चालन गरिएको बताएका छन ।

अन्त्यमा  सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामागं , सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष किशोर कार्की , प्रशिक्षक गगाँ आले मगर लगायत  अतिथीहरुले तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए भने उपभोक्ता समितिकी सचिव मन्जु बस्नेतले कार्यक्रम संचालन गर्नु भएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.