काठमाण्डौ बैशाख २१ गते । रातो तारा डट कम,अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले सुधार गरेको छ । आईसीसीले सुक्रवार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल ११ औं स्थानमा उक्लिएको छ । नेपालले २१२ अंक पाएको छ । यसअघि नेपाल १४ औं स्थानमा रहेको थियो । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रीका, तेस्रोमा इंग्ल्यान्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा भारत रहेको छ । नेपाल भन्दा तल स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, आयरल्याण्ड र युएई लगायतका देश रहेका छन् ।
Post a Comment