Websoft University

आगलागीबाट क्षति


सोलुखुम्बु, बैशाख २५ गते । रातो तारा डट कम, सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका-६ मा भएको आगलागीमा अन्दाजी १५ लाख बराबरको क्षति भएको छ । आज बिहान ९:१५ बजेको समयमा स्थानीय एक्का
बहादुर राईको बाँसले बनेको एक तले कच्ची घरमा अचानक आगलागी हुँदा घर भित्र रहेको लत्ता कपडा, भाँडा वर्तन लगायत घरको सम्पुर्ण समान जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। उक्त आगलागी प्रहरी चौकी वाकुबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बिहान साढे १० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको साथै आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.