Websoft University

दुहबीको एशियन थाइफुड उधोगले सरकारी-सार्वजनिक जग्गा मिच्यो



शिव भट्टराई सुनसरी - बैशाख २४ गते । रातो तारा डट कम,
दुहवी ८ का जनप्रतिनिधिहरु समेतको मिलेमतो हुन सकने   स्थानियहरुले आस्न्का गरेका छन । एशियन थाइफुड रमपम उद्योगले सरकारी जग्गा मिचेर भौतिक संरचनाहरु बनाएपछि ४०० बढि घर जोखिममा परेको भन्दै स्थानियहरु आक्रोसित भएका छन ।

दुहवी ८ स्थित रहेको एशियन थाइफुड रमपमले टेङग्रा खोला मिचेर उद्योगको प्रयोजनकालागि भौतिक संरचना बनाउँदा पुरै गाउँ डुबानमा परेको स्थानियहरुको भनाइ छ । यसैगरि दुहवी ८ स्थित मुसहरी बस्तीको कुलो मिचेर उद्योगले मजदुरहरु बस्ने भवन बनाउँदा स्थानियहरु झनै मारमा परेको उनिहरु बताउँछन ।

स्थानिय चानोदेवी ऋषिदेवका अनुसार उद्योगको अपराधिक मानसिकताले गर्दा वर्षायाममा पुरै गाउँनै डुबानमा पर्ने गरेको बताइन । अर्का स्थानिय ज्ञान बहादुर राईका अनुसार यसरि टेङग्रा खोला र साविक कुलो मिचेर भवन बनाउँदा आफुहरु ठुलो मारमा परेको बताउछन । यस बिषयमा बारम्वार दुहवी ८ का जनप्रतिनिधिहरुलाइ बताउँदा समेत कुनै वास्ता नगरेकोले जनप्रतिनिधिहरु समेतको मिलेमतोमा यस्तो भएको स्थानियहरुले दावी गरेका छन ।

नेकपाका स्थानिय यूवा नेता अमित राईका अनुसार उक्त ठाउँमा करिव ४० फिटको टेङग्रा खोला रहेको थियो तर हाल उद्योगले भौतिक संरचना बनाउँदा अहिले १० फिटको नाला जतिकै भएकोले पुरै गाउँनै डुबानमा पर्ने गरेको बताए । नेपाली कांग्रेसका स्थानिय यूवा नेता नविन थापाका अनुसार उद्योगले बदमासी गरेकै हो यसमा जनप्रतिनिधिहरुले चासो न लिए आफुहरु प्रतिरोधमा उत्रिने चेतावनी दिए ।

सो बिषयमा दुहवी ८ का वडाध्यक्ष तारिचन्द सरदारसँग बुझ्दा यस बिषयमा आफुले भर्खरै जानकारी पाएकोले उद्योगको अनुगमनगरि कानुनी दायरामा ल्याई  कार्वाहि अगाडि बढाउने  प्रतिक्रिया दिएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.