मोरङ, बैशाख २१ गते । रातो तारा डट कम,मोरङको विराटनगर महानगरपालिका-१४ बिजुली अपिस अगाडि लहरी दुर्घटनाहुदा चालकघाईते भएका छन । आज बिहान पौने ८ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको NL 02 K 2077 नम्बरको लहरी अनियान्त्रित भई बिपरित दिशामा पार्किङ गरी राखेको NL 01 G 1852 नम्बरको लहरीलाई ठक्करदिदा NL 02 K 2077 नम्बरको लहरी चालक भारतको जोगमनी बस्ने २० बर्षिय सुरज कुमार सहनी गम्भिर घाईते भएका छन । घाईते उनको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ भने दुबै सवारी साधनलाई ईलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको
छ ।
Post a Comment