Websoft University

बाल विकासका शिक्षिकाहरुलाई कम ज्याला दिएर सरकारले नै ठगीरहेकोछ



काठमाण्डौ बैशाख १ गते । रातो तारा डट कम,सरकारले आकस्मिक र आंशिक रोजगारीमा श्रमिकले पाउने मासिक आधारभूत पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ तोकेको छ । तर सामुदायिक विद्यालयमा सञ्चालित बाल विकास कक्षाका सहयोगी कार्यकर्तालाई भने सरकारले नै दैनिक दुई सय रुपैयाँभन्दा पनि कम ज्याला दिएर काम लगाइरहेको छ । 

पूजा लिम्बु, धनकुटाको गोकुण्डेश्वर बालमन्दिर विद्यालयको बालविकास कक्षामा पढाउनुहुन्छ । लिम्वुले महिना भर काम गरेको पारिश्रमिक ६ हजार रुपैँया मात्रै पाउने गर्नुभएको छ । सोही विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता इन्दिरा राइले पनि त्यति नै पैसामा दैनिक चार घण्टा भन्दाबढि समय विद्यालयमा काम गर्नुहुन्छ ।

उहाँहरुले पोशाक, महंगी र प्रोत्साहन भत्ता समेत पाउनुहुन्न । सरकार आफंैले तोकेको आधारभूत पारिश्रमिक भन्दा झण्डै आधा कम ज्यालामा काम गर्नुपरेको पीडा उहाँहरुसंगछ। धनकुटामा २०५७ सालदेखि नै तोकिएका सामुदायिक मातृविद्यालय र अन्य गरि तीनसय १० स्थानमा बालविकास कक्षा सञ्चालन हुँदै आएको छ । तर यस्ता कक्षामा कार्यरत सहयोगी कार्यकर्ताले श्रमिकका लागि तोकिएको आधारभूत मासिक पारिश्रमिक समेत पाएका छैनन् । 

पूर्व विद्यालय उमेरका बालबालिकामा सामुहिक भावनाको विकास गराउँदै खेल, गीतसंगीत, कथा र मनोरञ्जनका माध्यमबाट पढाइमा बानी पारेर माथिल्ला कक्षाको शैक्षिक उपलब्धी सुधारका लागि सरकारले बालविकास कक्षाको अवधारणा ल्याएको हो । यस्ता कक्षामा कार्यरत सहयोगी कार्यकर्ताले श्रमिकका लागि तोकिएको आधारभूत मासिक पारिश्रमिक दिन नीति नै बनाइनु पर्ने बताउनुहुन्छ, धनकुटा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रामबहादुर थापा । 

बालविकासका सहयोगी कार्यकर्तालाई न्यूनतम पारिश्रमिक भन्दा पनि कममा काममा लगाइदा अपेक्षा अनुसारको प्रतिफल हासिल हुन नसकेको सरोकारवालाहरु बताउँछन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.