Websoft University

इटहरीमा गिरिजा प्रसाद कोईराला फाउण्डेसनले आयोजना गरेको विचार गोष्ठी सम्पन्न


शिव भट्टराई सुनसरी चैत ३० गते । रातो तारा डट कम,
सुनसरीको इटहरीमा गिरिजा प्रसाद कोईराला फाउण्डेसनले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै कोइरालाले पार्टी सभापतिको घुमाउँरो पारामा विरोध गरे । अहिले काग्रेस विग्रदै गएको भन्दै पार्टीलाई निश्चित स्वार्थको लागी केहि गिरोहहरुले प्रयोग गरिरहेको बताए । पार्टी भित्रको गुट उपगुटले काग्रेस कमजोर भईरहेको बेला गिरोह सक्रिय हुन थालेको उनको आरोप थियो ।


गुटवन्दी अन्त्य नगरे काग्रेस बिग्रदै गईरहेको बताए । कोईरालाले आसन्त महाधिवेशबाट राष्ट्रियतालाई मजबुत र लोकतन्त्रलाई सुद्धिढिकरण गर्ने नेतृत्व आउनुपर्ने बताएका छन् । पार्टी भित्रको गुटगत राजनीति अन्त्य भएको हेर्न चाहान्छु । बामपन्थी सरकारले देशमा मनपरी तन्त्र मच्चाईरदा किन चुपचाप छ काग्रेस नेतृत्व उनले प्रश्न गरे ।

पूर्व अर्थमन्त्री रामसरण महतले पार्टी भित्र गुटकै कारण काग्रेसीहरुमा उत्साह भन्दा निरुत्साहित भएको बताए । गिरिजाबावुले देशमा परिर्वतन गरे तर अहिले पार्टी भित्रको गुट छताछुल्ल छ उनले भने । देशमा प्रतिपक्षको भुमिका समेत राम्ररी निर्वाह गर्न नसकेको उनको आरोप थियो । पार्टी सभापतिले राम्ररी नेतृत्व गर्न नसकेको उनको भनाई थियो ।

जी.पी कोईराला फाउण्डेसनको केन्द्रिय अध्यक्ष सुजता कोईरालाले पार्टीलाई बलियो बनाउँन फाउण्डेसनलाई सक्रिय बनाउँदै लौजाने बताईन । पार्टी भित्र गिरिजाप्रसादको योगदान र राजनितिक बहस गदै जाने उनको भनाई थियो । पाटी भित्र सक्रिय भएर फाउण्डेसनले काम गदै जाने उनको भनाई
थियो । नेपाली राजनितीका शिखर पुरुष कोइरालाको जीवन संर्घष र रोमाञ्चक रहेको छ। नेपाली राजनितीका महत्वपूर्ण घटनाहरुमा कोइरालाको योगदान र संर्घषलाइ प्रस्टाउन पनि फाउण्डेसन खोलिएको उनको भनाई थियो ।

पूर्वमन्त्री तथा केन्द्रिय सदस्य रामकृष्ण यादबले पार्टीलाई शशक्त बनाउँदै लौजानु पर्ने बताए । अहिलेको सरकारले जनता मार्ने काम गरेको आरोप लगाउँदै काग्रेसको कडा रुपमा प्रतिपक्षको भुमिका निर्वाह गर्नु पर्ने बताए । नेपाली काग्रेस सुनसरीका सभापति तथा नेपाली काग्रेसका १ नम्बर प्रदेश संसदीय दलको नेता राजिब कोईरालाले गिरिजा प्रसाद कोईरालाले देखाएको बाटो हिड्नु जरुरी रहेको बताए ।

जी.पी फाउण्डेसन १ नम्बर प्रदेशकी संयोजक इन्दिरा थापाले फाण्डेसनलाई थप सक्रिय बनाउँदै लौजाने बताईन । नेपाली काग्रेस इटहरी नगरसभापति हेमकर्ण पौडेल तरुणदल सुनसरीको अध्यक्ष सिजन गुरुङ नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य सुर्य राई लगायतले बोलेका थिए । कार्यक्रम जी.पी फाउण्डेसन सुनसरीका संयोजक चन्द्रशेखर लामाको अध्यक्षतामा भएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.