झापा,चैत्र २९ गते । रसतो तारा डट कम,झापाको झापा गाउँपालिका(४ बस्ने राजेश गणेशको किराना पसलमा बिहीवार राती आगलागी हुँदा अन्दाजी १५ लाख मूल्य बराबरको क्षति भएको छ ।
राती ११स्५० बजे भएको उक्त आगलागीबाट गणेशको टिनको छानो भएको बाँस र काठले बनेको पसलमा अचानक आगलागी हुँदा पसलमा रहेको सम्पूर्ण किराना सामान, फर्निचरका सामान र नगद १० हजार जलेर नष्ट भएको छ ।
उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ । आगलागीको कारण भने खुलेको छैन ।
Post a Comment