Websoft University

चीन जोड्ने सुक्खा बन्दरगाह चैत्रको अन्तिमा तयार हुदै


काठमाण्डौ,फागुन २५ गते । रातो तारा डट कम,सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन बन्दरगाह अबको एक महिनामा तयार हुने भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको बन्दरगाहको काम करिब पूरा भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीहरूले जानकारी दिएका छन् ।

अप्रिल महिनामा चिनियाँ पक्षले निर्माण सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गर्नेछ । करिव ९० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा दुई वटा दुइतले भवन निर्माण गरिएको छ । एउटा मुख्य प्रशासनिक भवन रहेको छ । भवनमा अध्यागमन,  भन्सार, बैकलगायतका कार्यालय रहनेछन् । दोस्रो भवन कर्मचारीको लागि हुनेछ  ।

मितेरी पुलदेखि ६ किलोमिटर पश्चिम भोटेकोशी गाउँपालिकाको लार्चामा बनिरहेको बन्दरगाहमा १ सय ५८ वटा ठूला मालवाहक ट्रक र २३ वटा साना गाडी जाँच गर्न सकिने छ । एक सय मेट्रिक टनसम्म सामान बोकेका गाडी एकै पटक तौलिन सक्ने मेसिन राखिने समितिले जनाएको छ । बन्दरगाहमा आयात र निर्यातका लागि छुट्ठाछुट्टै टर्मिनलहरु निर्माण गरिएको छ ।

बन्दगाहका लागि आवश्यक क्वारेनटाइन, गोदाम घर, जाँचपास र्याड, चेकपोष्ट लगाएतका संरचना निर्माण भैरहेको इन्जिनियर आचार्यले जानकारी दिनुभयो । अरनिको राजमार्गबाट बन्दरगाह जोड्नका लागि भोटेकोशी नदीमाथि पुल निर्माण भइरहेको छ । एक महिनामा पुल तयार हुने नेपाल इन्टरमोडल यातायात विकास समिति ले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.