बिराटनगर,फागुन २४ गते । रातो तारा डट कम,अन्तराष्ट्रिय नाटक महोत्सव २०७५, आज बिराटनगरमा सम्पन्न भएको
छ ।
अन्तराष्ट्रिय नाटक महोत्सव २०७५,समापन समारोहका प्रमुख अतिथि तथा १ नम्वर प्रदेशका सामाजिक बिकास मन्त्री जीवन घिमिरेले कार्यक्रममा उपस्थित दर्शक कलाकारहरुलाई सम्वोधन गर्दै, यस प्रकारको नाटक महोत्सवले देशको पैचान गराउन सजिलो हुने र अव १ नम्वर प्रदेशलाई चिनारी गराउन अगि बढनु पर्ने धारणाका साथ सबैलाई बधाई र शुभकामना दिानु भयो ।
कार्यक्रमका अतिथि तथा महानगरपालिका बिराटनगरका मेयर भीम पराजुलीले अहिले यहा गुरुकुलमा प्रदर्शन गरिएको गैडा टाइम्स नाटक राम्रोछ ,यसले एउटा सामाजिक सुजाव दिन खोजेकाले इाापा दमको कदम ठेटरका तर्फबाट गैडा टाइम्स नाटक मन्थन गर्ने सबै कलाकारहरुलाई शुभकामना र बधाई छ भन्नु भयो ।
कार्यक्रममा प्रा निशा पोखरेलले पनि आफनो धारणा राख्नु भएको थियो । कार्यक्रममा कलाकाकर इन्द्र परियार र इनरुवाका अनिल पोखरेल सम्मानित हुनु भएको थियो ।
कार्यक्रमको अध्यक्षता आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले गर्नु भएको थियो ।
Post a Comment