Websoft University

स्वास्थ्य शिविर तथा समुदायसँग चिया कार्यक्रम सम्पन्न



विराटनगर, फाल्गुन २५ गते । रातो तारा डट कम,
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हिजो  जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको आयोजनामा गरेको निःशुल्क स्वास्थ्य शिविर तथा समुदायसंग चिया कार्यक्रम सम्पन्न भएको छ ।

सुनवर्षी नगरपालिका-८ स्थित महेन्द्र आधारभुत बिद्यालय कुडेलीमा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । टाईम्स अस्पताल रंगेलीको सहकार्यममा आयोजना गरिएको उक्त १ दिने स्वास्थ्य शिविर तथा निःशुल्क औषधी वितरणमा कार्यक्रममा ११ सय जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए ।

सोही अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख केदार रिजालले समुदायसँग चिया कार्यक्रम गर्नुका साथै स्थानीय जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, भद्रभलादमी लगायत सर्वसाधारणहरूसँग अन्तरक्रिया समेत गर्नु भएको थियो । उक्त  कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायब महानिरीक्षक केदार रिजालले महेन्द्र आधारभूत बिद्यालयका १ सय ८२ जना छात्र छात्राहरूलाई श्री समित सारडा स्मृति प्रतिष्ठानको सहयोगमा प्राप्त स्टेशनरी सामान बितरण गर्नु भएको थियो । 

कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि केदार रिजालले प्रहरी जनताको सुख दुःखको साथी भएको  र नागरिक सेवामा सधै तत्पर रहिरहन भरमग्दुर प्रयत्नशिल रहेको बताउनु हुँदै समाजमा हुने बिकृति, बिसंगति बिरुद्ध सबै नागरिक र प्रहरी  एक जुट भई सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।

मन्तब्य राख्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी. ले सामुदाय-प्रहरी साझेदारीको अवधारणा आवश्यकता र यसको उद्देश्य अनुरूप जनतासँग नै केन्द्रित रही जनताको घरदैलोमा प्रहरीको पहुँच पुर्‍याउनको लागि यो कार्यक्रम आवश्यकता रहेकोले बताउनु भयो ।

कार्यक्रममा सुनवर्षी नगरपालिकाका नगर प्रमुख, बरिष्ठ प्रहरी अधिकृतहरू, टाईम्स अस्पताल रंगेलीका प्रबन्ध निर्देशक लगायत जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, भद्रभलादमी, सर्वसाधारण लगायत अन्दाजी १८ सय जनाको उपस्थिती रहेको थियो ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.