काठमाण्डौं,फागुन २७ गते । रातो तारा डट कम,जनकपुरको जानकी मेडिकल कलेजका पूर्वचिकित्सकहरुले पारिश्रमिकको माग गर्दै कलेजको काउन्टरमा तालाबन्दी गरेका छन् ।
काम गर्दा पाउनु पर्ने तलबको माग गर्दै आधा दर्जन पूर्व चिकित्सकहरुले आज जनकपुर स्थित ब्रह्मपुरी चोकमा रहेको शाखा अस्पतालको रुपमा सञ्चालित जानकी मेडिकल शिक्षण अस्पतालको काउण्टरमा तालाबन्दी गरेका हुन् ।
काम गरेर छोडेको एकवर्ष वित्न लाग्दा पनि बाँकी तलब निदएको भन्दै बाध्य भएर अस्पतालको काउण्टरमा तालाबन्दी गरेको डा. कर्मेन्द्र यादवले बतउनुभयो । अस्पताल व्यवस्थापन पक्षसँग पटक पटक बाँकी तलब दिन आग्रह गर्दापनि अटेर गरेकाले बाध्य भएर काउण्टरमा तालाबन्दी गरेको चिकित्सकहरुको भनाइ छ ।
Post a Comment