Websoft University

नेपाली काँग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान


काठमाण्डौ,फागुन २४ गते । रातो तारा डट कम,नेपाली काँग्रेसले आगामी चैत ४ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । बैठकमा नयाँ विधान र कार्यान्वयनका बारेमा छलफल हुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

विधान अनुसारको नियमावली, निर्वाचन समितिका विषयमा छलफलका लागि केन्द्रीय समिति बैठक बोलाइएको उहाँले जानकारी दिनुभयो । केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरूले बैठकमा भाग लिने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

आगामी ४ गते बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.