काठमाण्डौ,फागुन २४ गते । रातो तारा डट कम,राष्ट्रिय क्रिकेट टिमका उप कप्तान ज्ञानेन्द्र मल्ललाई चार खेलका लागि निलम्बन गरिएको छ । धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको दोस्रो क्वालिफायर खेल बहिष्कार गरेको भन्दै टेक्निकल कमिटिले टिमका मल्ललाई ४ खेलको लागि निलम्बन गरेको हो ।
मैदानमा अनुपस्थित भएर खेल भावना विपरित गतिविधि गरेको भन्दै कमिटिले ज्ञानेन्द्रलाई काराबाही गरेको हो । डीपीएलको दोस्रो क्वालिफायर खेलमा रेफ्रीको निर्णयमा असहमती जनाउँदै काठमाडौं गोल्डेन्सले दोस्रो क्वालिफायर खेल वहिष्कार गरेको थियो ।
बलर अंकित दवासलाई आयोजकले बलिङमा प्रतिबन्ध लगाएपछि काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाईटेडसंगको दोस्रो क्वालिफायर खेल वहिष्कार गरेको थियो ।
Post a Comment