सात महिनाको अवधिमा उदयपुरमा भएको ८२ वटा सवारी दुर्घटनाको घटनामा २७ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सो अबधिमा साना तथा ठूला सवारी साधनमा परी २७ जनाले ज्यान गुमाएको हो । सबै भन्दा बढी ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । ट्याक्टर दुर्घटनाबाट १० जनाको मृत्यु भएको छ भने मोटरसाईकल दुर्घटनाबाट ७ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरि टिफर र ट्रकको ठक्करबाट ५ जनाको मृत्यु हुनुको साथै जिप दुर्घटनाबाट १ को मृत्यु भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । बस र अटो रिक्सा दुर्घटनाबाट एक, एक जनाको मृत्यु भएसँगै दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको ट्राफिक ईन्चार्ज दिनेश कुमार चौधरीले बताए ।
सवारी दुर्घटनाबाट मर्नेको संख्या मध्ये २२ जना पुरुष, ३ जना महिला र २ जना बालक रहेको ईन्चार्ज चौधरीले बताए ।
उक्त अवधिमा दुर्घटनामा परि ४८ जना घाईते भएकाछन्।
दुर्घटनाको घटना अधिकांस सवारी चालकको लापरवाहीबाट हुन गएको छ । क्षमता भन्दा बढी यात्रु बोक्ने र सवारी साधन तिब्र गतिमा चलाउदा दुर्घटना भएको अनुसन्धानबाट देखिएको ईन्चार्ज चौधरीले बताए ।
Post a Comment