Websoft University

साफ महिला च्याम्पियनसिप आजबाट विराटनगरस्थित शहिद रंगशालामा सुरु हुने

काठमाण्डौं,फागुन २८ गते । रातो तारा डट कम,
पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप आजबाट शुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र भुटानले प्रतिस्पर्धा गर्नेछ । विराटनगरस्थित शहिद रंगशालामा नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । 

घरेलु मैदानको साफ जित्ने लक्ष्य लिएको नेपाल भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने दाउमा छ । बलियो टोली बंगलादेश रहेको समूहको नेपाललाई दोस्रो चरणमा पुग्न भुटानलाई हराउँनै पर्ने हुन्छ । पछिल्लो समय नेपाली महिला फुटबल टोलीले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ । 

जसले प्रतियोगितालाई सहयोग गर्ने विश्लेषण भइरहेको छ । योसँगै नेपाललाई घरेलु समर्थकको साथ पनि हुनेछ । यस संस्करणको साफमा दक्षिण एसियाका ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा नेपालसहित, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । 

च्याम्पियनसिपको समूह ’ए’ मा नेपाल, भुटान र बंगलादेश रहेको छ । समूह ’बी’ मा भारत, माल्दिभ्स र श्रीलंका छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.