Websoft University

आगामी चैतदेखि विकास र समृद्धिका लागि देशव्यापी अभियान सुरु हुने–गृहमन्त्री थापा



काठमाण्डौं,फागुन २८ गते । रातो तारा डट कम,गृहमन्त्री रामबहादुर थापाले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार ढाल्न देशी–विदेशी शक्ति लागेको बताउनु भएको छ । रुपन्देहीको भैरहवामा हिजो नेकपाको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले साम्राज्यवादी र प्रतिगामीका लागि कम्युनिष्ट सरकार तारो बनेको टिप्पणी गर्नुभयो ।

एक वर्षको अवधिमा सरकारले सोचेजति काम गर्न नसकेको स्वीकार्दै गृहमन्त्री थापाले आगामी चैतदेखि विकास र समृद्धिका लागि देशव्यापी अभियान सुरु हुने बताउनुभयो । स्वतन्त्र मधेस गठबन्धन २०६७ देखि सक्रिय रहेको र अब सिके राउतहरुले तराईलाई टुक्राउने लक्ष्य त्यागेको पनि उहाँले उल्लेख गर्नुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.