Websoft University

उद्योग वाणिज्य संघ इटहरीद्वारा बढेको व्याज दरको विरोध


शिव भट्टराई-इटहरी । उद्योग वाणिज्य संघ इटहरीले उद्योग व्यवसाय मैत्री ब्याज दर कायम गर्न माग गरेको छ ।
मंगलबार संघको इटहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी निजी क्षेत्रका बैंकहरुलाई चर्को ब्याजदर घटाइ लगानी मैत्री वातावरण बनाउन आग्रह गरेको हो ।

हाल भइरहेको बैंक ब्यादरलाई समायोजन गरी समयानुकूल ब्याज दर कायम गर्नु पर्ने उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेशकुमार विष्टले पत्रकार सम्मेलनमा बताए । उनले महंगो ब्याज दरले समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको चाहना पूरा नहुने बताए ।

उपाध्यक्ष विष्टले वित्तीय क्षेत्र एकल मनमुखी ढंगले चलिरहेको आरोप लगाएका छन् । उनले यसप्रति सरकारको ध्यान जानुपर्ने पनि बताए । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा ठुला बैंक तथा वित्तीय संस्थाहरुले आफूमात्र बाँच्ने नीति लिएको उल्लेख गरिएको छ ।

व्यापारीले आफ्नो जाय जेथा बैंकमा धरौटी राखी ऋण लिएर व्यावसाय सञ्चालन गर्दै आएका छन् । ऋण निकाल्दाको समयमा भएको सम्झौतामा एउटा व्याजदर अहिले अर्कै व्याजदर भएको व्यापारीले गुनासो गर्दै आएका छन् ।

उद्योग वाणिज्य संघ इटहरीले यस विषयमा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय कार्यालय काठमाडौं, महासंघ प्रदेश १ र इटहरी स्थित सबै शाखा कार्यालयहरुमा बोधार्थसमेत दिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.