Websoft University

जन्ती बोकेको बस पल्टिदा १ को मृत्यु, १५ घाइते–घाइतेको उपचार हुदै



काठमाण्डौ,फागुन २६ गते । रातो तारा डट कम,चितवनको माडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाईते भएका छन् । टाँडीबाट चिरौली जन्ती लिएर आउँदै गरेको बस कसरा नजिक दुर्घटना हुँदा माडी नगरपालिका २ चिरौली बस्ने ३० बर्षका मिथुन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जन्ती लिएर आउँदै गरेको बस आफैं अनियन्त्रित भएर पल्टिएको थियो । चालकले अत्याधिक मादकपदार्थ सेवन गरेकाले बस पल्टिएको बताइएको छ । बसका चालक फरार रहेकाले खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.