Websoft University

विश्वकप फुटसल प्रतियोगितामा नेपालले पहिलो खेलमा क्यानडालाई प्रतिद्वन्दीका रुपमा पायो


[फायल फोटो}
काठमाण्डौ,फागुन २६ गते । रातो तारा डट कम,अर्जेन्टिनामा आयोजना हुने १२ औं संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले पहिलो खेलमा क्यानडाको सामना गर्ने भएको छ । आयोजकले निकालेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा क्यानडालाई प्रतिद्वन्दीका रुपमा पाएको हो ।

तालिका अनुसार समूह ‘डी’ मा रहेको नेपालले क्यानडासँग अप्रिल १ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा क्याटलनासँग अप्रिल २ मा खेल्नेछ । नेपालले अन्तिम खेलमा अप्रिल ३ मा फ्रान्ससँग खेल्नेछ । 

समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको लागि नेपाल फुटसल संघले खेलाडी छनोट गरिसकेको छ । विश्वकपमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाउन लागेको हो । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.