काठमाण्डौं,फागुन २८ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत सङ्ग्रह हुनै नसक्ने बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको १८ औं वार्षिकोत्सवलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले पृथकतावादी समूह सानो भए पनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा चन्दा लिने, लुटपाट गर्ने कुरा सरकारलाई मान्य नहुने धारणा राख्नुभयो । देशको अखण्डता, सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय सुरक्षाका लागि सुरक्षा परिषद्ले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभएको छ ।
Post a Comment