Websoft University

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको १८ औं वार्षिक उत्सव सम्पन्न


शिव भट्टराई  फागुन २७ गते । रातो तारा डट कम,
सुनसरीको इटहरीमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. ले १८ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ।सोमबार भएको वार्षिक उत्सवको साना किसान कृषि सहकारी संस्था सुन्दरपुर मोरंगको सभाहलमा उद्घाटन भएको छ।

ग्रामीण क्षेत्रमा रहेको गरीबीलाई न्यूनीकरण गर्ने उद्धेश्य सहित स्थापना भएको यस संस्थाले आफ्नु वार्षिक उत्सव मनाएको हो। यस कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा.लेखराज दाहालको प्रमुख अतिथ्यता रहेको थियो भने सोहि संस्थाका अध्यक्ष तथा निमित्त इलाका प्रबन्धक योगराज दाहालको अध्यक्षता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले यस संस्थाले नाम अनुसारको काम गर्दै जाओस् र त्यसका लागि सहयोग गर्न आफु संधै तत्पर रहेको कुरा बताउनु भएको छ भने यस संस्थालाई साझेदारी गरेर अगाडि बढाउनु पर्ने र गरीबीलाई पूर्ण रुपमा न्यूनीकरण गर्नु पर्ने कुरा बताउनु भएको छ।सोहि वार्षिक उत्सवको अवसरमा विशिष्ठ अतिथि मदनकुमार दाहाल त्यसैगरी मोरंग जिल्ला कृषि सहकारी संघका सचिव रबीन्द्र आचार्य लगायतले शुभकामना दिनु भएको थियो।

वार्षिक उत्सवको अवसर पारेर यस संस्थाले उत्कृष्ट ३ सहकारी संस्थाहरु साथै सहकारीकर्मीहरु लाई नगद सहित कदर पत्रले सम्मान गरेको थियो। कार्यक्रममा विभिन्न सहकारी संस्थाका अभियन्ताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम साना किसान कृषि सहकारी सिजुवाका मुख्य प्रबन्धक ऋषि कुमार ढकालले संचालन गर्नु भएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.