Websoft University

टिपरको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमा मृत्यु


श्याम राई÷उदयपुर गाईघाट, फागुन  २५  गते  । रातो तारा डट कम,उदयपुरगढी गाउँपालिका वडा न.–७ कमानमा शनीबार विहान पौने ९ बजे टिपरको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमा मृत्यु भएको छ भने एक जना घाइते भएकाछन् ।

नेपलाटारबाट गाईघाट आउने क्रममा न. १ क ८३४७ नम्बरको टिपरले बा. ९३ प ९४३२ नम्बरको मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिदा मोटरसाईकल चालक उदयपुरगढी गाउँपालिका वडा न.७ का ४८ वर्षिय बल वहादुर मगरको मृत्यु भएको हो र उनको छोरा २३ वर्षिय सुजन मगर गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालयका उदयपुरका एस.पी. चन्देव राईले बताए । घाईतेलाई जिल्ला अस्पताल उदयपुरमा उपचार भैरहेको छ । टिपरलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने फरार रहेको टिपर चालकको खोजी कार्य भईरहेको एस.पी राईले बताए ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.