Websoft University

पोखराको लेकसाईडमा भिषण आगलागी


पोखरा, फागुन २५ गते  । शुक्रबार राती करिब ९ः१५ बजे पोखराको लेकसाईडमा आगो लाग्यो । करिब ६ वटा घर तथा पसलमा आगलागी हुदा करोडौंको क्षती भएको छ ।   हल्लनचोक स्थित क्रेजी बर्गर जुसबाट सुरु भएको आगलागी फैलिएर बर्गर सहित क्लब ९९ समेत ध्वस्त भएका छन् । 

बर्गर सहित क्लव ९९, माछापुच्छ्रे तन्दुरी, निड्र्स ट्राभल्स एण्ड टुर्स र अमिन सनराईज ह्याण्डिक्राफ्ट  पोखरा माउन्टेन वाईकमा आगलागी हुदा करोडौंको क्षति भएको स्थानिय सारदा परियारले बताइन्  आगलागीबाट बर्गर सहित,क्लव ९९ पूर्ण रुपमा जलेको छ  भने  अन्य पसलमा समेत ठुलो क्षति भएको छ ।

पोखरा माउन्टेन वाईकी संचालक समेत रहेकी परियारले आफ्नो पसलमा मात्र करिब २ करोड बराबरको क्षती भएर्को  बताइन् । क्लव ९९ मा विगत ४ बर्ष अघि समेत आगलागी भएको स्मरण गर्दै उनले  पसलहरुमा पुर्वसावधानि अपनाउन नसक्दा एक पसलबाट लागेको आगो सल्कदै ६ वटा पसलसम्म जलेर ठुलो क्षती पुगेको उनले बताइन्। बर्गर पसलमा ग्यास सिलिन्डर परिवर्तन गर्ने बेलामा चुलो सँग जडित पाइप फुटेर आगलागी भएको उनले बताइन  ।

आगलागीबाट ग्याँस सिलिण्डर समेत पट्कन पुग्दा आगोले उग्र रुप लिएको स्थानियले जनाए । ठुलो आवाजमा उक्त सिलिण्डर ग्याँस पड्केसंगै आगोको मुस्लो निस्केको र समयमै वरीपरीका सवै जना बाहिर निस्कन सफल हुदा मानविय क्षति भने हुन नपाएको स्थानिय प्रमोेद भण्डारीले बताए । घटना भएको २५ मिनेट पछि मात्र दमकल आएको तर दमकलमा भएको पानीले समेत निभाउन सकेन, पानी सकियो दमकल फर्कियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.