Websoft University

नेकपा स्थायी कमिटिको आजको बैठकमा पनि राजनीतिक प्रतिवेदनमाथि छलफल हुने

{फायल फोटो}

काठमाण्डौं,पुस ४ गते । रातो तारा डट कम, नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आजपनि जारी छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान आठ बजेबाट बैठक सुरु भएको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

आजको बैठकमा पनि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ । हिजोको छलफलमा स्थायी कमिटीका सदस्यले नेतृत्वको कार्यशैलीलाई लिएर आलोचना गरेका थिए ।

सरकार र पार्टी सञ्चालनमा गम्भीर असहमति व्यक्त गर्दै उनीहरुले प्रधानमन्त्री ओलीको सरकार सञ्चालन प्रक्रिया राम्रो नभएको र त्यसले पार्टीलाई दीर्घकालीन असर पार्ने चेतावनी समेत दिएका थिए ।

हिजो बोल्ने ८ जना स्थायी कमिटी सदस्यमध्ये केहीले भने नेतृत्वको बचाउ गरेका थिए । बैठकमा नेता भीम रावलले १४ पृष्ठ लामो विचार टिप्पणी र सुझाव पेस गर्दै नेतृत्वको कार्यशैली सुधार गर्नुपर्ने बताउनुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.