Websoft University

नेविसंघ इकाई अधिवेशन सम्पन्न


मोहन कुमार राई÷पौष ३ गते । रातो तारा डट कम,जहाँ विश्वविद्यालय, विद्यालय त्यहाँ नेविसंघ मूल नाराका साथ नेपाल विद्यार्थी संघ बरुण बहुमुखी क्याम्पले १२ औ इकाई अधिवेशन सम्पन्न गरेको छ ।

अधिवेशनले विकास राईको अध्यक्षतामा ३१ सदसीय इकाई समिति गठन गरेको छ । संघको उपाध्यक्षमा सविता भण्डारी,अञ्चल राई,सचिव सुवास चमृकार,सहसचिवहरु सरु राई,सन्तोष तामाङ, कोषाध्यक्ष ज्ञानु राई,जानुका राई सदस्यहरु वसन्ति राई, कल्पना श्रेष्ठ, सहितको कार्यसमिति निर्विरोध चैन गरिएको हो ।

अधिवेशन उद्घाटनसत्रको प्रमुख आतिथ्यता केन्दीय सदस्य चन्द्र विकले अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गदै नेपाल विद्यार्थी संघको राजनीतिक साँगठानिक गतिविधिको वारेमा चर्चा गर्नुभएको थियो ।

कार्यवहाक नेविसंघ जिल्ला अध्यक्ष ओम श्रेष्ठले सभापतित्व गर्नुभएको सो कार्यक्रममा बरुण बहुमुखी क्याम्पस सहायक क्याम्पस प्रमुख चित्ररेखा अधिकारी, नेविसंघ पूर्व अध्यक्ष लिला दाहाल, उमेश श्रेष्ठ लगायत विद्यार्थी नेताह?ले कार्यक्रमलाई सम्बोधन गर्नुभएको नेविसंघ नेता कुमार विकले जानकारी दिनुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.