Websoft University

दोहोरो अंकले घट्यो शेयर बजार


काठमाडौ,साउन २८ गते । रातो तारा डट कम गत साता रु ९१ करोडको मात्रै कारोवारमा भएको शेयर बजार यस साताको पहिलो दिन नै दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १६।६९ बिन्दुले घटेर नेप्से परिसूचक एक हजार १६३।९४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक ३।४३ बिन्दुले घटेर २४५।७० बिन्दुमा ओर्लेको छ ।

स्टकका अनुसार आज कूल १६२ कम्पनीको सात लाख ८१ हजार ५६० कित्ता शेयर रु २५ करोड दुई लाख २६ हजार ४९१ मूल्यमा खरिद बिक्री भएको छ । दुई उपमूहको शेयर मात्रै उकालो लागेको बजारमा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २।११ र होटल उपसमूह ६।७३ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ ११।८७, विकास बैंक १३।२२,जलविद्युत् २१।१९, वित्त ३ं५९, निर्जीवन बीमा १०५।७४, उत्पादन ६३।५८, अन्य ४।७२,माइक्रोफाइनान्स ३१।५३ र जीवन बीमा १९३।३७ बिन्दुले ओरालो लागेको छ ।

स्टकका अनुसार आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था र साल्ट टे«ेडिङ कर्पोरेशनका लगानीकर्ताले आज कमाए भने मल्टिपर्पस फिनान्स कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, नेरुडे लघुवित्त विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.