बिराटनगर,भाद्र १ गते । रातो तारा डट कम, उद्योग संगठन मोरंङ रोजगारदाता परिषदको आयोजनामा सुमधुर औद्योगिक श्रम सम्बन्ध विकासका सम्बन्धमा संगठनका कार्यकारिणी समिती, उद्योगी÷व्यवसायी र यस क्षेत्रका विभिन्न ट्रेड यूनियनका प्रमुख एंव प्रतिनिधिहरूका साथ छलफल सम्पन्न भएको छ ।
छलफलमा उपस्थित ट्रेड यूनियनका प्रमुख एंव प्रतिनिधी तथा उद्योगी÷व्यवसायीको स्वागत गर्दै अध्यक्ष भीम घिमिरेले उद्योगी÷व्यवसायी र ट्रेड यूनियनको नङ्ग र मासुको जस्तो सम्बन्ध भएकाले रोजगारदाता र श्रमिक बीच समस्या उत्पन्न भएमा संयूक्त रूपमा समाधानका लागि पहल गर्नु पर्नेमा जोड दिनु भयो ।
अध्यक्ष घिमिरेले रोजगारदाता, ट्रेड यूनियन र श्रमिकसंगको सम्बन्धलाई थप प्रगाढ बनाई औद्योगिक उत्पादकत्व अभिवृद्धि गर्दै लैजानु पर्ने विचार व्यक्त गर्नु भयो । संगठनका उपाध्यक्ष एंव रोजगारदाता परिषदका सभापति राकेश सुरानाले संगठनले श्रमिकको हितलाई ध्यानमा राखी आगामी दिनमा निःशुल्क स्वास्थ्य परिक्षण, रक्तदान कार्यक्रम र श्रमिकका छोराछोरीलाई दृष्टिगत गर्दै छात्रावृतिको कार्यक्रम संचालन गर्न लागिएको जानकारी गराउनु भयो ।
उँहाले ट्रेड यूनियनसंगको सहकार्यलाई थप प्रगाढ बनाउन संगठनले प्रत्येक तीन महिनामा बैठक आयोजना गरी एक आपसको समस्या समाधान गर्दै लैजाने परिपाटीको प्रारम्भ गरेको बताउनु भयो ।
कार्यकारिणी समिति सदस्य एवं रोजगारदाता समितिका संयोजक नन्द किशोर राठीले श्रमिक र रोजगारदाता एकअर्काका परिपूरक भएकाले सुमधुर औद्योगिक वातावरण तयार गरी यस क्षेत्रमा लगानी आकर्षण गर्न दुवै पक्षले हातेमालो गर्नु पर्नेमा जोड दिनु भयो ।
जिफन्ट प्रदेश नं.१ का अध्यक्ष किशोर धमलाले ट्रेड यूनियन र रोजगारदाता बीचको सम्बन्धलाई थप सुमधुर बनाउदै अगाडी बढन ईच्छुक रहेको बताउनु भयो । अध्यक्ष धमलाले जिफन्ट निःशुल्क स्वास्थ्य परिक्षण, रक्तदानका साथै विपद व्यवस्थापन लगायतका कार्यमा संगठनसंग सहकार्य गर्न तयार रहेको अवगत गराउनु भयो ।
अखिल नेपाल ट्रेड यूनियन महासंघका टिका प्रसाईले आपसी सम्वादको माध्यमबाट समस्या समाधानमा सहयोग पुग्ने भएकाले रोजगारदाता र श्रमिक बीचको छलफल एंव सम्वादलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो ।
नेपाल ट्रेड यूनियन कांग्रेसका नारायण बाबु कार्कीले रोजगारदाता र ट्रेड यूनियन बीच समानान्तर सम्बन्ध विकास गर्न छलफल र भेटघाटको प्रकृयालाई निरन्तरता दिनुपर्नेमा विचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल समाजवादी ट्रेड यूनियन महासंघका तेजलाल कर्णले श्रमिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु सकारात्मक भएको उल्लेख गर्दै ऐन नियमले सर्वेपरिता पाउनु
पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संगठनका उपाध्यक्ष राजकुमार गोल्छा, प्रदिप मुरारका, रोजगारदाता समितिका सह—संयोजक बिपिन काबरा, सदस्य विकास चौधरी, जयन्द्र शर्मा, अजय राठी, उद्योगी÷व्यवसायी लगायत यस क्षेत्रमा क्रियाशिल विभिन्न ट्रेड यूनियनका प्रमुख एंव प्रतिनिधिह?को सहभागिता
रहेको थियो ।
Post a Comment