Websoft University

महानगरपालिकाले छाडा चौपाया नियन्त्रण अभियान चलाउदै- डुम बस्ती हटाउन वडासीको तीब्र माग


विरानगर, कार्तिक १ गते । रातो तारा डट कम,
विराटनगर महानगरपालिकाले नगरभित्र बढदो सवारी चापले ट्राफिक अस्त व्यस्त छभने बस पार्क निमार्णमा ढिलाइ, फोहोर मैला नगरक्षेत्रबाट समयमा नउठाउनु, र घरपालुवा (जनावर) जताततै छोडिएका छन, यस्ता कुरामा महानगरको ध्यान नपुगेको हो जस्तो नगरवासीले अनुभव गरेकाछन।

सुरक्षित सडक सवारी सञ्चालनका लागि विशेष अभियान सञ्चालान गरी नगरभित्र छाडा छोडिएका चौपाया नगर रक्षकद्वारा नियन्त्रणमा लिने गरिएको भनिए पनि बिराटनगर ११ डुम बस्ती भएकाले नगरपालिकाका कर्मचारी डुमहरू बस्तीमा सुगुर छाडा राखेर अहिले परिसान गराएका छन ।
अहिले वडा न ११ का जनताले डुमबस्ती छिटो हटाउन महानगर संग माग गर्दै आएकाछन।

असोज ४ गतेदेखि अभियान सञ्चालन गरेर छाडा चौपाया नियन्त्रणमा लिने गरेको महानगरपालिकाका कार्यकारी अधिकृत  दिपक कोइरालाले रातो तारा डट कम लाइ जानकारी गराउनु भएकोछ । महानगरभित्र गाई, बाख्रा, सुंगुर र साँडे छाडा छोडने गरिएको प्रति यसबेला नगरवासिमा आक्रोश वढेकोछ ।

 विराटनगर महानगरपालिकाका साघुरा सडक त्यसमा पनि सडकमा सिटी रिक्सा, रिक्सा तथा अन्य सवारीसाधनहरूको बगर प्रबेशको चापले गर्दा सवारी  सञ्चालनमा छाडा चौपायाका कारणा बाधा उत्पन्न भई सडक जाम हुने, दुर्घटना बृद्धि हुने गरेको छ ।

विगतमा महानगर प्रतिनिधिविहीन भएको अवस्थामा पनि छाडा चौपाया खुल्ला छाड्ने प्रवृत्तिमा वृद्धि भएको बेला  नगरमा सवारी दुर्घटनामा कमी छाडा पसु नियन्त्रण भएकाे थियो । यसरी नियन्त्रणमा लिएका छाडा चौपायालाई वडा समितिको सिफारिसमा खसीबाख्रालाई रु २५० तथा गाईवस्तुलाई रु ५०० जरिवाना लिएर छाड्ने गरिएको छ भने पटकेलाई रु एक हजार जरिवाना लिने गरेको महानगरपालिका स्रोतले जनाएको छ ।

हालसम्म छाडा छोडिएका ३२ वटा गाई बाछा तथा २८ वटा खसी बाख्रा नियन्त्रणमा लिएको महानगरपालिकाका नगर सहायक निरीक्षक रेवत दुलालले बताउनुभयो ।
महानगरापलिकाको यस अभियानका कारण छाडा पशु छोड्ने कार्यमा कमी ल्याउन महानगरले प्रयस गरिरहेको बुझिएकोछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.