शिव भट्टराई -बिराटनगर असोज २७ गते । रातो तारा डट कम, सुन्दरहरैचा न.पा. ६ मा रहेको साजिलाल बिद्यालयमा साना किशान कृषि सहकारीको २१औ बार्सिक साधरणसभा सम्पन्न भएको छ।
बार्सिक साधारण सभा को प्रमुख अतिथि साना कृषि सहकारी संघ मोरङ का अध्यक्ष खगेन्द्र राज भण्डारी ले उद्घघाटन गर्नुभएको थियो भने अध्यक्षयता साना किसान कृषि सहकारी संस्था ली. सुन्दरपुरका अध्यक्ष रबिन्द्र आचार्यले गर्नुभएको थियो।
यस कार्यक्रम प्रदीप लंसाल ले सञ्चालन गर्नुभएको थियो।साथै सुन्दरहरैचा न।पा मा सक्रिय रहेका कृषि सहकारी संस्थाहरु मध्येको साना किसान कृषि सहकारी संस्थाले आज २१ औ बर्सिक साधारण सभा सम्पन्न गर्दै अहिले सम्म गरिएका सम्पूर्ण सहकारी सम्बन्धीत क्रियाकलाप एवम् आर्थिक प्रतिबेदन अनुमोदन गरेको छ।
यस सहकारी संस्थामा जम्मा शेयर सदस्य २१५७ जना रहेका छन्।जिल्ला कृषि सहकारी संघ मोरङ का अध्यक्ष खगेन्द्र राज भण्डारी को प्रमुख आतिथी तथा अन्य सहकारी संस्था का प्रतिनिधिहरुले सुभकामना मन्तब्य दिनुभएको थियो।
यस साधारण सभामा बिभिन्न सम्मान कार्यक्रमस्स् जेष्ठ नागरिक सम्मान कार्यक्रम साथै शेयर सदस्य का कभभ मा उत्कृष्ट अंक ल्याउने छोराछोरी लाई सम्मान गरी सम्पन्न भएको थियो।
Post a Comment