Websoft University

गरिबी निवारणका लागि ठोस कार्यक्रम ल्याएर काम गर्न राष्ट्रपतिको निर्देशन

(अन्तर्राष्ट्रिय समचार) काठमाडौ,असोज २४ गते ।
रातो तारा डट कम, बेइजिङ । चिनियाँ राष्ट्रपति सि चिनफिङले देशबाट गरिबी निवारणका लागि ठोस कार्यक्रम ल्याएर काम गर्न चिनियाँ अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले सोमबार राजधानी बेइजिङमा चिनियाँ सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरुलाई सो निर्देशन दिनुभएको हो ।


चीनको चौथो राष्ट्रिय गरिबी निवारण दिवसका अवसरमा बेइजिङमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले गरिबी निवारण कुराबाट मात्र सम्भव नभएकाले ठोस कार्यक्रम ल्याएर काम गर्नुपर्नेमा जोड दिँदै अधिकारीहरुलाई सो कार्यका लागि निर्देशन दिनुभएको हो ।

यो अरु लडाईंहरुभन्दा पनि कडा लडाईं हुनसक्छ तर पनि हामीले गरिबीविरुद्धको लडाईं छोड्नु हुँदैन र यसको निवारणका लागि ठोस र प्रभावकारी कार्यक्रम ल्याएर काम गर्नुपर्छ, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहनुभएका राष्ट्रपति सिले भन्नुभयो । उक्त समारोहमा चिनियाँ सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरु उपस्थित थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.