मोहन कुमार राई असोज २१ गते । रातो तारा डट कम,
संखुवासभा-आसन्न मंसिर १० र २१ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाका निर्वाचनमा संखुवासभाका प्रमुख राजनीतिक दलहरुले उमेद्वारीहरुको नाम सिफारिसको लागि केन्द्रीय कार्य समितिलाई बुझाएको छ ।
संखुवासभा जिल्लामा नेपाली काँग्रेसको तर्फबाट संघीय प्रतिनिधि सभा संसदको लागि प्रत्यक्ष तर्फ पूर्व खानेपानी तथा सरसफाई राज्य मन्त्री दीपक खड्का, पूर्व स्वास्थ्य राज्य मन्त्री, एवं पूर्व जिल्ला पार्टी सभापति तारामान गुरुङ, पूर्व सांसद टंक प्रसाद राई, पूर्व सांसद पासाङ शेर्पा, जिल्ला पार्टी सभापति दीपन कुमार श्रेष्ठ, पार्टीका युवा नेता थलकुमार लिङ्खा, पदम अधिकारी, अनन्त गौली, अञ्जना लिंथेप, महेश थपलिया सहित ९ जनाको नाम जिल्ला कार्यसमितिले अल्फावेटिकल्ली अडरको आधारमा सिफारिस गरेको छ ।
यसै गरी नेपाली काँग्रेसकै संघिय संसदका लागि समानुपातिक तर्फ पूर्व सांसद विना पौडेल, महिला नेत्री चित्रलेखा अधिकारी, नेता वंशिराज रेग्मी, सहितको नेताहरुको नाम सिफारिस गरेको छ ।
प्रदेश सभाको प्रत्यक्ष तर्फ निर्वाचन क्षेत्र नं. १ बाट मुक्ति सिंह राई, उमेश चौहान सहितको नाम सिफारिस गरेको छ । यसै गरी प्रदेश सभाकै समानुपातिक तर्फ उषा कार्की, निरु वस्नेत सहितको नेताहरुको नाम सिफारिस भएको छ । यसैगर प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को लागि प्रत्यक्ष तर्फ दीपक लिम्बू, थीरबहादुर राई, डम्बर वस्नेत, दीपेन्द्रमान शाक्य, सहितको नेताहरुको नाम सिफारिस भएको छ ।
यसै गरी नेपाली काँग्रेस प्रदेश सभाको लागि समानुपातिक तर्फ कुमारबाबु अधिकारी, ज्ञान बहादुर कार्की, पसी शेर्पा सहितको नेताहरुको नाम सिफासिर गरेको नेपाली काँग्रेस जिल्ला कार्यासमिति संखुवासभाले जनाएको छ ।
असोज २७ गते भित्र प्रत्यक्ष र समानुपातिक दुवै तहको उमेदवारको नाम टुंगो लगाउने नेपाली काँग्रेस केन्द्रीय समितिले जनाएको छ ।
यसै गरी नेकपा एमाले संखुवासभाले पनि आफ्नो उमेदवारहरु प्रदेश सभा र प्रतिनिधि सभाको लागि चयन गरी सकेको छ ।
नेकपा एमाले संखुवासभाले प्रदेश सभा प्रत्यक्ष तर्फ निर्वाचन क्षेत्र नं. २ बाट उमेश कुमार डाँगी, डा.ज्ञानेन्द्र कार्की सहितको नाम सिफारिस गरेको छ भने निर्वाचन क्षेत्र नं. १ बाट हेमराज घिमिरे, भवेश्वर गुरुङ्ग, जित बहादुर घिमिरे सहितको नाम सिफारिस भएको छ ।
यसै गरी प्रदेश सभा समानुपातिक तर्फ निर्वाचन क्षेत्र नं. १ बाट फडिन्द्र निरौला, चुडा थापा, नारायण कटुवाल, लिला देवी खनाल, केश कुमारी खत्री र निर्वाचन क्षेत्र नं. २ बाट सरिता खड्का, सुमुना श्रेष्ठ, मनमाया तामाङ, हेमकुमारी चौहान, वीरेन्द्र के.शी सहितको नेताहरुको नाम सिफारिस गरेको छ ।
यसै गरी नेकपा एमाले कै प्रतिनिधि सभाको लागि राजेन्द्र गौतम्, पर्शु मेघी, डा. गुप्त बहादुर श्रेष्ठ, शेरबहादुर कार्की, ऋषिकेशव चापागाँई, सुजन श्रेष्ठ, दीपक राई सहितको नाम सिफारिस गरेको छ । यसै गरी प्रतिनिधि सभाकै समानुपातिक केन्द्रीय संसदको लागि प्रेम शाक्य, योगराज गाउँले, डा. बल बहादुर पराजुली, सुन्दरी खतिवडा, सुनिता काफ्ले राई सहितको नाम नेकपा एमाले जिल्ला कमिटि संखुवासभाले सिफारिस गरेको जिल्ला कमिटि सदस्य मुक्तिनाथ गौतम्ले जानकारी दिनुभयो ।

Post a Comment