Websoft University

देउवाले गृहमन्त्री जनार्दन शर्मासहित माओवादीका ३ मन्त्री बर्खास्त गर्ने तयारीमा


काठमाडौं, असोज २५ गते । रातो तारा डट कम,
 प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री जनार्दन शर्मासहित नेकपा माओवादी केन्द्रका तीन मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।

वाम एकता, सरकारका काममा असहयोग र निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको दिनदहाडै हत्याले गृममन्त्री शान्ति सुरक्षा कायम गराउन चुकेको भन्दै प्रम देउवाले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत र गृहमन्त्री शर्मालाई बर्खास्ता गर्न लागेको बालुवाटारस्थित उच्च स्रोतले बतायो ।

स्रोतका अनुसार देउवाले माओवादी केन्द्रको समर्थन टिकाई राख्न सबै मन्त्री बर्खास्त नगरेर तीन जनालाई आउट गर्न लागेका हुन् । यता जनार्दनको ठाउँमा कमल थापालाई उपप्रधानसहित गृहमा ल्याउने तयारी देउवाको छ । देउवाले मन्त्रीत्रय शर्मा, महरा र बस्नेतमाथि राम्ररी काम नगरेको, सरकारलाई बदनाम गर्ने काम गरेको र शान्ति सुरक्षा चुस्त बनाउन चुकेको टिप्पणी गरेका छन् ।

स्रोतका अनुसार विश्वकै चुनावी मापदण्ड अनुसार चुनावको समयमा सरकारमा आसिन कुनै पुरै पार्टलाई बर्खास्त गर्ने नियम नरहेको र सरकार पुनर्गठन गर्न सक्ने ब्यवस्थामा टेक्दै देउवाले यस्तो गर्न लागेका हुन् । अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.