Websoft University

एमाले ठूलो पार्टी भइसक्योः ओली


भक्तपुर,असोज ३० गते । रातो तारा डट कम,
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध फैलाइएको भ्रम र झुटको खेतीलाई एमालेले चिरेर अगाडि बढ्ने बताउनुभएको छ ।

बालकोटस्थित आफ्नै निवासमा राप्रपाका नेता एवं निवर्तमान उपसभामुख गंगाप्रसाद यादवलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले तराईमा एमालेविरुद्ध छर्न खोजिएको भ्रमलाई चिरेर अगाडि बढ्ने बताउनुभएको हो ।

नेता ओलीले भन्नुभयो, “संसद् नभएको अवस्थामा आजको दिनबाट स्थानीय तहको निर्वाचनमा मतपरिणामको हिसाबले एमाले देशको सबैभन्दा ठूलो पार्टी भइसक्यो ।”

आफू प्रधानमन्त्री हुँदा तराईको शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ, सडक, घर हस्तान्तरण जस्ता विकासका काम शुरु गरे पनि त्यसपछिको सरकारले ती कार्यक्रमलाई अलपत्र पारेको उहाँको आरोप थियो ।
एमाले, नेकपा(माओवादी केन्द्र) र राप्रपा गठबन्धनबाट उपसभामुख हुनुभएका यादवले आजदेखि आफू एमाले भएको बताउनुभयो । यादवले भन्नुभयो,“मैले मेरो पूर्वपार्टीका अध्यक्ष कमल थापालाई उपसभामुख रहुञ्जेल नैतिकताका आधारमा पार्टी छाड्न मिल्दैन भनेको थिएँ, त्यसैले निवर्तमान भएकै भोलिपल्ट एमाले प्रवेश गरेको हुँ, ओली नेतृत्वको सरकारले गरेको काम र हिमाल, पहाड तराईलाई जोड्ने ओलीको सोचले नै एमालेमा समाहित भएको हुँ ।”

कार्यक्रममा चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्य दलबहादुर बस्नेत पनि एमाले प्रवेश गर्नुभएको थियो । यादव र बस्नेतलाई एमाले महासचिव ईश्वर पोखरेल र एमाले संसदीय दलका नेता सुवास नेम्वाङलगायतले टीका र खादा ओढाएर स्वागत गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.