काठमाडौँ, असोज ३१ गते । रातो तारा डट कम,
तिहारलाई लक्षित गर्दै भारतबाट तीन लाख माला आयात गरिने भएको छ । स्वदेशमै पर्याप्त मात्रामा सयपत्रीको उत्पादन हुन नसक्दा तिहारको फूल मालाका लागि मात्रै करिब ९० लाख रुपैयाँ विदेशिने गरेको छ ।
नेपाल फ्लोरिकल्चर एसोसियसनले अनुसार तिहारको समयमा माग हुने करिब १४ लाख वटा सयपत्रीका माला मध्ये ३ लाख भारतबाट आयात गर्न लागिएको हो । एशोसियसनले तिहारको पाँच दिने अवधि त्यसमा पनि विशेषतः लक्ष्मीपुजा र भाइटिकाका दिनमा व्यवसायिक रुपमा १५ लाख वटा मालाको खपत हुने गरेको छ ।
१४ लाख सयपत्री तथा एक लाख गोदावारी र गुलाफको माग हुने गरेको छ । अन्य समयमा माग नहुने तर तिहारमा उच्च माग हुने भएकाले स्वदेशमै पर्याप्त उत्पादन गर्न पनि नसकिएको एसोसियसनले जनाएको छ । तिहारमा पनि लक्ष्मीपुजा र भाइटिका गरी दुई दिन मात्र सयपत्रीको माग हुन्छ । त्यसैले अन्य समयमा माग नै नहुने सयपत्रीको व्यवसायिक खेती कम हुने गरेको छ ।
गोदावारी, गुलाफ लगायतका फूलहरुको वर्षैभरी माग हुने भएकाले अधिकांश किसान त्यसैतर्फ आकर्षित हुने गरेको
छ । सयपत्रीको माला मूख्यतया भारतको कलकत्ता लगायत स्थानबाट आयात गरिने छ ।
यो सबै जोड्दा करिब साढे सात करोड मूल्यको फूल माला तिहारमा कारोबार हुने गरेको छ । तर करिब १५ लाख माला एसोसियसन अन्र्तगतका व्यपारीहरुले गर्ने व्यवसायिक कारोबारको तथ्यांक मात्र भएकाले अनौपचारिक रुपमा सोही परिणाम बराबरको माला स्थानीय स्तरमै खपत हुने गरेको छ ।
Post a Comment