Websoft University

ताप्लेजुङको दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो


बिराटनगर असोज २३ गते । रातो तारा डट कम,
ताप्लेजुङको भालुगौडेमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । एकजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा ज्यान गएको हो ।

दुर्घटनामा अरु चारजना घाइते भएका छन् ।प्रसिद्ध तीर्थस्थल पाथीभराबाट फर्किदै गरेको मे १ ज १३०८ नम्बरको पीक अप भ्यान दुर्घटना भएको प्रहरी प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो । दुर्घटनामा पाथीभरा दर्शन गरेर फर्किदै गरेकी उर्लाबारी नगरपालिका–४ मोरङकी अनिता थापा घिमिरेको घटनास्थलमै ज्यान गएको हो ।

यस्तै घाइते भएका उर्लाबारी–४ मोरङका २८ वर्षका होमराज घिमिरेको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा अनिलजंग थापा, दिलिप घिमिरे, चालक अमिक श्रेष्ठ र सहचालक घाइते भएका छन् । घाइते सबै उर्लाबारी मोरङका रहेका छन् ।

उनीहरुलाई उपचारका लागि सदरमुकाममा रहेको जिल्ला अस्पतलम ल्याइएको छ । घाइते मध्ये उर्लाबारी–८ का २३ वर्षे अनिलजंग थापाको अवस्था चिन्ताजनक रहेको जिल्ला अस्पतालका डाक्टरले बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.