बिराटनगर असोज २२ गते । रातो तारा डट कम,
सिंहदेवी / उतरी मोरङ केराबारी-२ सिंहदेवीमा स्थापित महाभारत बचत तथा ऋण सहकारी सस्थाको ११ औं वाषिक साधारणसभा २१ गते शनिबार बिहिबारेमा सम्पन भएको छ।
सिंहदेवी उच्च मावि चौविसे चौकीभञ्ज्याङका प्रधानाध्यापक गजेन्द्रकुमार लिम्बूको प्रमुखआतित्थ,केराबारी गाउँपालिका-२का वडाध्यक्ष प्रेमबहादुर लिम्बू विशेष अतिथी तथा वडा सचिव रन्जित बुढाथोकी ,विभिन्न साकोसकाको प्रतिनिधिहरु, पत्रकार सुरेश अधिकारी लगायतका अतिथीहरु रहेका थियो।
कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरु वडाध्यक्ष प्रेमबहादुर लिम्बू ,सदस्यहरु दिलिपकुमार ठकुरी,
खगेन्द्र जमरकट्टेल,दुर्गामाया राई र बालकुमारी नेपालीलाई सम्मान गरिएको छ।
कार्यक्रममा सस्थाको ०७३/०७४ को बार्षिक
कार्यप्रगति तथा आगामी ०७४/७५ को भावि
कार्यक्रम सस्थाका व्यवस्थापक मनोज अधिकारीले प्रस्तुत गरेका थिए ।त्यसैगरी सस्थाको चुक्ता पुजी २करोड चार लाख छियालिस हजार ७८ रहेको र तीन करोड एकहक्तर लाख लगानीमा रहेको सस्थाका अध्यक्ष डिल्लीराम शर्मा अधिकारीले बताए।
सस्थामा ७४१सेयर सदस्य तथा २४१ जना बालबचत कर्ता रहेका छन। सस्थाका अध्यक्ष डिल्लीराम शर्मा अधिकारीको
सभापत्वि र सचीव भीमबहादुर ठकुरीको संचालनमा कार्यक्रम सम्पन भएको थियो।
Post a Comment