Websoft University

दुई लाख बराबरको सामान बरामद


रबिन्द्र बराल रंगेली ,माेरङ असाेज २२ गते । अाईतबार
रातो तारा डट कम,माेरङकाे सिमावर्ति नाका बाट अबैध रुपमा नेपाल भित्र्याउन लागेकाे कपडा रंगेली प्रहरीले पक्राउ गरेको छ । 

भन्सार छलेर अबैध रुपमा चाेरी  निकासी एवम् पैठारी नियन्त्रण गर्ने उद्देश्यअनुरुप  शनिबार  बिहान ४: बजे    इलाका प्रहरी कार्यालयकाे गस्ती टाेलिले  गोप्य सुचनाको आधारमा  धनपालथान ४ स्थित कर्सिया बजार मा भारतबाट नेपालतर्फ ल्याउदै गरेको अन्दाजी २ लाख बराबरको रेडिमेड कपडाहरु (साडी,कुर्ता,तौलिया,गम्छा,भित्री बस्त्रहरु,भेस्ट  प्रहरीले बरामद गरेको छ ।

र जहदागाउपालिका-४ स्थित पोखरियाबाट शुक्रबार  राती ९ बजेको समयमा चिनी,तेल लगायतका सामानसहित ढुवानीमा प्रयोग गरिएको  एक भारतिय BR 38 M 7935 नं.को सुपर स्पलेण्डर मोटरसाइकल समेत बरामद गरेको छ ।

त्यसैगरी  रंगेली नगरपालिका .४ स्थित चोप्राहा नाकाबाट अवैध रुपमा भारततर्फ लैजादै गरेको अवस्थामा ४ थान गाई समेत बरामद गरी सम्पूर्ण पक्राउ  गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सामान बिराटनगर स्थित भन्सार कार्यालय रानी, बुझाईएको ईलाका प्रहरी कार्यलयल रंगेली का प्रमुख संन्जिव बाबू खड्काले जानकारी दिनुभयो ।त्यसैगरी  शनिबार बिष्पाेटक पदार्थ पटका  अन्दाजी ३५ हजार रुपैया  बराबर मूल्यको एक बोरा अवैध आतेशवाजीका विभिन्न प्रकारका पटाकाजन्य बस्तु नष्ट गरेको छ ।

स्थानिय,भद्रभलादमी तथा स्थानिय संचारकर्मीहरुको संयुक्त रोहबरमा खाडलमा हालेर  नष्‍ट गरिएको खड्काले बताउनुभयो  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.