Websoft University

स्थानीयवासी र प्रहरीबीच झडप

(फाएल फोटो)

रौतहट,कात्तिक ५ गत । रातो तारा डट कम,
मोटरसाईकल चोरलाई पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा प्रहरीले ११ राउण्ड अश्रुुग्यास प्रहार गरेको छ ।

सदरमुुकाम गौरस्थित विद्युुत कार्यालय अगाडिबाट चारदिन अघि एउटा मोटरसाईकल चोरी भएको थियो । चोरीमा संलग्न गरुडा नगरपालिका–१ का देवनाथ साहलाई गएराति जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको टोलीले उनको घरबाट पक्राउ गरेको थियो ।

पक्राउ लगतै साहका आफन्त र गाँउलेले प्रहरीको गाडी माथि ढुुंगामुुढा प्रहार गर्नुुका ईप्रका शिवनगरका प्रहरी नायव निरीक्षक मदन ठाकुुर माथि हातपात समेत गरेको प्रहरी निरीक्षक केशव रेग्मीले बताउनुुभयो । यस क्रममा भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुुग्यास प्रहार गरेको थियो ।

झडपमा संलग्न देवाही गोनाही नगरपालिका–३ का राकेश साह, गरुडा नगरपालिका–४ का दिनेस साह, कलवार–५ का बिगनेस साह र माधव नारायण नगरपालिका–७ का रामप्रवेस मुुखियालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न साह माथि चोरी मुुद्दा तथा झडपमा संलग्न माथि सार्वजनिक अपराध मुद्दा चलाइने प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.