रबिन्द्र बराल रंगेली,माेरङ असाेज २९ गते ।
रातो तारा डट कम,माेरङकाे बेलबारी १० भाउनेकाे खेल मैदानमा सुरु भएकाे दाेस्राे डागिहाट गाेल्डकप २०७४ मा अायाेजक डि एफ सि राताे बिजयी भएकाे छ ।
झापाकाे ए पि एफ लाई १ का बिरुद्घ २ गाेल गर्दै बिजयी भएकाे हो । ६ जना राष्ट्रिय खेलाडी लिएर मैदानमा उत्रिएकाे अायाेजकले खेलकाे ३२ अाै मिनेटमा बिमल धर्तीमगरकाे पासमा दिपक राईले सुन्दर हेड गर्दै गाेल गरे । दाेस्राे हाफकाे ६७ अाै मिनेटमा बिमलकै पासमा सुजल श्रेष्ठले गाेल गर्दै २ गाेलकाे अग्रता बनाए भने ६८ अाै मिनेटमा ए पि एफका बुद्धिमान राईले किपर किशाेर गिरिलाई बिटमार्दै गाेल गरे ।
दाेस्राे हाफमा निकै दबावमा राखेकाे अायाेजकले निमै राम्रा अवसरहरु गाेल गर्न बाट चुकेका थिए । बिमल धर्तिमगर, सुजल श्रेष्ठ, रजिन धिमाल, अन्नत तामाङ, प्रकाश बुढाथाेकी, विशाल राई, दिपक राई सहित मैदानमा उत्रिएकाे अायाेजकले दर्शककाे साथ पाएन्न । दर्शककाे हुटिङ पाएकाे ए पि एफले गाेल गर्न निकै प्रायस गरेपनी गाेल पराजित हुनु पर्याे ।
खेलकाे म्यान अफ द म्याच अायाेजकका दिपक राई घाेषित भए । खेलमा अायाेजकका रजिन धिमाल, दिपक राई र दिनेश राजबंशीले एल्लाे कार्ड पाए भने ए पि एफका सुमिन अालेमगर र निशान लिम्बुले कार्ड पाए त्यस्थै ए पि एफका मेनेजर नारायरण थापालाई अनुसासन ताेडेकाे भन्दै रेफ्री श्याम दनुवारले खेल मैदान बाहिर निकाले ।
भाेलिकाे दाेस्राे सेमिफाईनल खेल डि एफ सि निलाे र रारा धनकुटा बीच हुनेछ । नेपाल अाईस बियर, बुद्घ एयर र दिरिवर अाेबरसिजकाे प्रायाेजकमा तथा डागिहाट युथ क्लवकाे अायाेजकमा सुरु भएकाे गाेल्डकप बिजेताले नगद १ लाख ५१ हजार ट्रफि तथा प्रमाण पत्र र उपबिजेताले नगद १ लाख १ हजार ट्रफी तथा प्रमाण पत्र प्रप्त गर्ने छन ।
Post a Comment