Websoft University

विषादीले मानव स्वास्थ्यमा असर

धनकुटा, असोज ३० गते । रातो तारा डट कम,ताजा तरकारी छिटो बिक्रीयोग्य बनाउन भन्दै भिटामिनजन्य औषधि एवं रोगकिरा नियन्त्रण विषादीको अधिक प्रयोगबाट मानव स्वास्थ्यमा पारेको असर पार्न थालेको छ ।

जिल्लामा तरकारी उत्पदन बढेसँगै किसानको आम्दानी आशा लाग्दो बन्दै गए पनि उत्पादन बढाउन र छिट्टै बजार लैजान प्रयोग गरिने भिटामिनजन्य औषधि र रोग कीरा नियन्त्रण गर्ने विषादी प्रयोग अत्याधिक प्रयोगले नगदेबाली उत्पादन गर्ने क्षेत्रका महिलामा क्यान्सर, गर्भखेर जाने, श्वासप्रश्वासमा समस्या, छालाको रोग, झाडापखला, टाउको एवं आँखा सम्बन्धी समस्याजस्ता रोगीको संख्या बढ्न थालेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कृषि प्राविधिकले सिफारिस गरेको भन्दा एग्रोभेटबाट आफूखुशी किसानले लैजाने विषदीले मानव स्वास्थ्यमा असर पारे पनि त्यस्ता एग्रोभेटरको अनुगमन नहुँदा समस्या बढ्दै गएको जिल्ला कृषि विकास कार्यलयका प्राविधिक सूर्यप्रसाद सापकोटाले बताउनुभयो ।

जिल्लामा सात हजार ५३४ हेक्टर क्षेत्रफलमा गरिएको विभिन्न प्रकारका फलफूल एवं तरकारी खेतीबाट एक लाख २८ हजार ५८४ मेट्रिक टन कृषि उपज उत्पादन हुने अनुमान जिल्ला कृषि विकास कार्यलयको छ । उत्पादित वस्तुमध्ये ९९ हजार ७२४ मेट्रिक टन तरकारी र सात हजार पाँच सय मेट्रिक टन फलफूलजन्य कृषि उपज रहेका छन् । गत वर्ष जिल्लाबाट करिब रू एक अर्ब १९ करोडको फलफूल र तरकारी निर्यात भएको थियो ।

नेपाल अर्बुद्धरोग निवारण संस्थाले केही समयअघि जिल्लाको तरकारी उत्पादनको मुख्य क्षेत्र मानिएको स्थानीय सिंधुवा बजारमा गरेको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा त्यहाँका ५० प्रतिशत महिलालाई क्यान्सर रोगको लक्षण देखिएको संस्थाका पूर्व केन्द्रीय अध्यक्ष लोकेन्द्र श्रेष्ठले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.