Websoft University

राजपा नेपालको पार्टी कार्यालयमा तालाबन्दी


सुनसरी -इनरुवा, असोज २१ गते । रातो तारा डट कम,
सदरमुकाम इनरुवामा रहेको राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा उसैका कार्यकर्ताले शुक्रबार तालाबन्दी गरेका
छन् ।

पार्टीमा एकपक्षको हैकम चलेको र कायममुकायम अध्यक्ष रघुनाथ मेहता हुँदाहँुदै अर्कालाई कार्यबाहकको जिम्मा दिएपछि असन्तुष्ट बनेका नेता कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेको स्थानीयवासी प्रमोद मेहताले जानकारी दिनुभयो ।

राजपाको पार्टी कार्यालयमा जिल्ला अध्यक्ष महेन्द्रप्रसाद यादव नेतृत्वको टोलीले तालाबन्दी गरेको हो । जिल्लाको सहमतिबिना केन्द्रले गर्ने निर्णय नमान्ने र विधान विपरीत गरेको काम नसच्याएसम्म तालाबन्दी जारी राख्ने नेता विनोद पालले जानकारी दिनुभयो ।

वडा कार्यालयको ताला खुल्यो
सुनसरीको गढी गाउँपालिकाको ४ नं वडा कार्यालयमा लगाइएको ताला खुलाइएको छ ।

वडा कार्यालयमा लगाइएको ताला गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवको आश्वासनपछि खुलेको बताइएको छ । राहतको विषयलाई लिएर केही स्थानीयवासीले लगाएको ताला बिहीबार साँझ खुलाइएको वडा कार्यालयले जनाएको
छ ।

वडाध्यक्ष रामचन्द्र मेहताले वडा कार्यालयमा लागेको ताला खुलेको र आफूले सबैलाई समानरुपमा सेवा दिँदैआएको जानकारी दिनुभएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.